स्थायी कमिटीलगत्तै खनाल–नेपालनिकट केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं, फागुन २९ : नेकपा एमाले नेपाल–खनाल समूह शुक्रबार आफू पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक सम्पन्न भएलगत्तै केन्द्रीय कमिटी बैठकमा जुटेको छ।स्थायी कमिटी...
काठमाडौं, फागुन २९ : नेकपा एमाले नेपाल–खनाल समूह शुक्रबार आफू पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक सम्पन्न भएलगत्तै केन्द्रीय कमिटी बैठकमा जुटेको छ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेकाे पछिल्लो कदमबारे छलफल भएको एक नेताले जनाए। बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गरेको थियो।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीले आफू पक्षीय केन्द्रीय समसतको बैठक राखेर एकपक्षीय रूपमा पदाधिकारीको जिम्मेवारी हेरफेर तथा केन्द्रीय सदस्य मनोनयन गरेपछि खनाल-नेपाल समूह आक्रोशित बनेको छ।
ओलीले निम्त्याएको जटिल राजनीतिक परिस्थितिको सामना गर्न आगामी रणनीति बनाउने स्थायी कमिटी बैठक बसेको थियो। त्यसपछि नयाँ बानेश्वरमा बसिरहेको केन्द्रीय कमिटी बैठकले ओलीविरुद्ध कसरी प्रस्तुत हुने भन्ने ठोस योजना बनाउने एक नेताले व्यक्त गरे।
ओलीले शुक्रबार गरेको अप्रत्यासित निर्णयपछि बिच्किएको खनाल-नेपाल समूहले सोही दिन चैत ४ गतेका लागि राष्ट्रिय भेला बोलाइसकेको छ । उसले समानान्तर कमिटी बनाउने घोषणा पनि गरिेसकको छ ।
ओलीले पार्टी फुटाउने चाहेकाले त्यसविरुद्ध एकजुट हुन नेपाल-खनलले कार्यकर्तालाई अपिल गरेको छ ।










-1790853075.png)
