Kathmandu Press

ओलीसँग कुनै हालतमा सत्ता सहकार्य हुन्न : यादव

काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कुनै हालतमा सत्ता सहकार्य गर्न नसकिने बताएका...
ओलीसँग कुनै हालतमा सत्ता सहकार्य हुन्न : यादव
उपेन्द्र यादव, अध्यक्ष, जसपा

काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कुनै हालतमा सत्ता सहकार्य गर्न नसकिने बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार पेरिसडाँडामा छलफल गरेर बाहिरिने क्रममा नेता यादवले ओलीको सर्वसत्तावादलाई कसरी परास्त गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए।

आफूहरूको दिमाग नबिग्रिएको हुनाले ओलीको सरकारमा जान नसकिने उनको भनाइ थियो। प्रचण्डसँग ओलीलाई सरकारबाट बाहिर निकाल्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको उनले बताए।

ओली सरकारको विकल्पमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी भएको पनि यादवले बताए।

प्रचण्डसँग छलफल गर्न जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलगायत नेताहरू पेरिसडाँडा गएका थिए।अध्यक्ष ठाकुरले भने माओवादी केन्द्रसँगको छलफललाई निरन्तरता दिने बताए।

मा‌ओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विकसित राजनीतिक घटनाक्रमबारे जसपाका नेताहरूसँग छलफल भएको र थप छलफल गर्दै जाने बताए।
 

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, फागुन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्