Kathmandu Press

जसपा शीर्षस्थ नेताहरू पेरिसडाँडामा 

काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा)का शीर्षस्थ नेताहरु सत्ता समिकरणबारे छलफल गर्न माओवादी केन्द्र मुख्यालय पेरिसडाडाँ पुगेका छन् ।  पेरिसडाँडामा माओवादी केन्द्रको...
जसपा शीर्षस्थ नेताहरू पेरिसडाँडामा 

काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा)का शीर्षस्थ नेताहरु सत्ता समिकरणबारे छलफल गर्न माओवादी केन्द्र मुख्यालय पेरिसडाडाँ पुगेका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएलगत्तै जसपा शीर्ष नेताहरु पेरिसडाँडा पुगेका हुन् । 

महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठले पेरिसडाडाँमा माओवादी केन्द्रका नेताहरुसँग सत्ता समिकरणबारे छलफल गर्नेछन् ।  

सर्वोच्च अदालतले नेकपा एकता प्रक्रिया खारेज गरेपछि सत्ता समिकरणमा महत्वपूर्ण देखिएको जसपाले विभिन्न पार्टीसँग छलफल गरिरहेको छ । सोही क्रममा जसपाले नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् । 
 

प्रकाशित मिति: ११:३२ बजे, शनिबार, फागुन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्