Kathmandu Press

बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

हेटौडा, फागुन २९ : झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६...
बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

हेटौडा, फागुन २९ :हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना भएकाे हाे।

दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमारकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो। उनी र बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको ल्याइएको थियो। अस्पताल पुग्ने वितिक्कै चिकित्सकले मृत घोषणा गरेको गरेका थिए।

त्यस्तै, दुर्घटनामा गम्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो। उनलाई पनि चिकित्सकले मृत घोषणा गरेका छन्।

सोही दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन्। घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

बसमा कम्तिमा ३५ यात्रु सवार थिए। तीमध्ये सातमात्रै घाइते रहेको जनाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: ०८:३६ बजे, शनिबार, फागुन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्