कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइन्न, ओलीलाई असफल पारिनेछ : भुषाल
काठमाडौं, फागुन २८ : नेकपा (एमाले)का उपमहासचिव घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन विघटन गर्न खोजेको बताएका छन्।उनले शुक्रबार साँझ सामाजिक...
काठमाडौं, फागुन २८ : नेकपा (एमाले)का उपमहासचिव घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन विघटन गर्न खोजेको बताएका छन्।
उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै कम्युनिष्ट आन्दोलन विघटन गर्ने ओलीको कदमलाई असफल पारिने बताएका छन्। उनले भनेका छन्, ‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ। उहाँले त्यही गर्दै आउनुभएको छ। आजको घटनाबाट वहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ।’
ओलीले आज एमाले केन्द्रीय कमिटीको बैठक बोलाएर माधवकुमार नेपाल पक्षका पदाधिकारी जिम्मेवारी खोसेका थिए। उनले नेपाल पक्षका प्रदेश इन्चार्ज हटाएर आफ्नो पक्षका राखेका छन्। त्यस्तै, रामबहादुर थापालगायतका २२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
यसको विरोध गर्दै भुषालले ओलीको कदम असफल पार्ने बताएका हुन्। उनले भनेका छन्, 'उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ।'










-1790853075.png)
