नेपाल पक्षकाे स्थायी कमिटीकाे आकस्मिक बैठक शुरु
काठमाडौं, फागुन २८ : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षकाे स्थायी कमिटीकाे आकस्मिक बैठक बानेश्वरमा शुरु भएको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय...
काठमाडौं, फागुन २८ : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षकाे स्थायी कमिटीकाे आकस्मिक बैठक बानेश्वरमा शुरु भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएर विभिन्न निर्णय गरेपछि नेपाल पक्षीय स्थायी कमिटीको आकस्मिक बैठक बसेको हो।
बानेश्वरस्थित अर्याल होटलमा शुरु भएको बैठकमा नेपाल पक्षीय स्थायी कमिटी सदस्य सहभागी छन्। बैठकमा नेपालसँगै झलनाथ खनाल पनि उपस्थित रहेका छन्।
ओलीले राखेको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका पदाधिकारीलाई हटाएको छ। त्यस्तै, नेपाल पक्षका नेताहरुको जिम्मेवारी पनि खोसेको छ।
प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
