आगामी बैठकमा माधव नेपाललाई बोलाउन ओलीको निर्देशन

काठमाडौं, फागुन २८ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाललाई बोलाउन निर्देशन दिएका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन्। बैठकमा ओली पक्षका केन्द्रीय सदस्य मात्रै सहभागी थिए।
आजको बैठकमा एकलौटी निर्णय गरेका अध्यक्ष ओलीले अर्को बैठकमा नेपाललाई पनि बोलाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्य बताए।
एमालेको केन्द्रीय कमिटीको अर्को बैठक चैत ७ गते बोलाइएको छ। त्यसमा बैठकमा नेपालसहित पूर्वअध्यक्ष झलनाथ खनाललगायतका केन्द्रीय सदस्यलाई पनि बोलाउन अध्यक्ष ओलीले निर्देशन दिएका हुन्।
प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
