Kathmandu Press

जसपाका शीर्ष नेताहरु कांग्रेस सभापति देउवा निवासमा

काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।कांग्रेस पदाधिकारी बैठक सकिए लगत्तै जसपा...
जसपाका शीर्ष नेताहरु कांग्रेस सभापति देउवा निवासमा

काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।

कांग्रेस पदाधिकारी बैठक सकिए लगत्तै जसपा शीर्ष नेताहरु बुढानिकलण्ठ पुगेका हुन्। बुढानिकलण्ठमा कांग्रेस र जसपाका शीर्ष नेताबीच छलफल चलिरहेको छ।

छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइरालालगायत नेता सहभागी छन्।

त्यस्तै जसपाको तर्फबाट अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतोलगायत  नेताहरु छलफलमा सहभागी छन्।

 

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्