एमाले महाधिवेशन २०७८ मंसिर २ देखि ६ सम्म
काठमाडौं, फागुन २८ : सर्वोच्चको पछिल्लो निर्णयपछि पूर्ववत् अवस्थामा आएको नेकपा एमालेले दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ।नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले...
काठमाडौं, फागुन २८ : सर्वोच्चको पछिल्लो निर्णयपछि पूर्ववत् अवस्थामा आएको नेकपा एमालेले दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार बालुवाटारमा आफू पक्षीय आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर आगामी वर्षको मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै पदाधिकारीलाई हटाएको छ। पदाधिकारीमा महासचिव ईश्वर पोखरेल भने कायमै छन्।
प्रधानमन्त्रीसमेत रहेका ओलीले माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापा ‘बादल’ लाई बाग्मती प्रदेशको इन्चार्ज बनाएका छन्। यसअघि उक्त जिम्मेवारीमा अष्टलक्ष्मी शाक्य थिइन्।
प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
