नेपालले विश्वकप छनोटको खेल कुवेतमा खेल्ने
काठमाडौं, फागुन २८ : नेपालले सन् २०२२ को विश्वकप र सन् २०२३ को एसिया कपको छनोट खेल कुवेतमा खल्ने भएको छ। विश्वकप र एसिया...
काठमाडौं, फागुन २८ : नेपालले सन् २०२२ को विश्वकप र सन् २०२३ को एसिया कपको छनोट खेल कुवेतमा खल्ने भएको छ। विश्वकप र एसिया कपको छनोटअन्तर्गतका बाँकी रहेका ३ खेल नेपालले कुवतेमा खेल्ने एएफसीले जनाएको छ।
विश्वकप र एसियाकपमा बाँकी रहेका छनोट खेलको भेन्यू एपिएफीले शुक्रबार सर्वाजनिक गरेको छ। यी तीनै खेल नेपालले घरेलु मैदानमा मार्चमा खेल्ने तय थियो, तर कोरोनाका भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण एएफसीले प्रतियोगिता न्युट्रल भेन्यूमा गर्न लागेको हो ।
एएफसीको यो निर्णयसँगै होम एण्ड अवेका आधारमा भएको विश्वकप छनोटमा नेपालले खरेलु मैदानमा भने कुनै खेल खेल्न पाएन।
एएफसीले भेन्यूका परिवर्तन गरेसँगै नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँगको खेल कुवेतमा खेल्ने भएको हो। कुवतेमा विश्वकप छनोटको समूह बीका बाँकी सबै खेले हुने छ । यस्तै, समूह एका बाँकी खेल चीनमा, समूह सीको बहराइन, समूह डीको साउदी अरेबिया, समूह इको कतार, समूह एफको जापान, समूह जीका खेल युएइमा हुनेछ भन् समूह एचको दक्षिण कोरिया हुने एएपसीले जनाएको छ।
एएफसीका अनुसार विश्वकप छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ सम्म हुनेछ।
समूह बी’ मा नेपाल पाँच खेलमध्ये एउटा खेल मात्र जितेको छ। मा जित निकालेको छ । नेपालले चाइनिज ताइपेइलाई २–०ले हराएको थियो । अन्य चार खेलमा नेपाल अस्ट्रेलियासँग ४–०, जोर्डनसँग ३–०, कुवेतसँग ७–० र १–०ले पराजित भएको थियो।
समूहमा बीमा १२ अंक जोडेको अस्ट्रेलिया साथ शीर्ष स्थानमा छ भने १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल ३ अंकसहित चौथो स्थानमा छ।











