नेता चयन नगरी सकियाे जसपा संसदीय दलको बैठक
काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चयन गर्न शुक्रबार सिंहदरबारमा बसेको बैठक सकिएको छ।गत वैशाख १० गते राष्ट्रिय जनता...
काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चयन गर्न शुक्रबार सिंहदरबारमा बसेको बैठक सकिएको छ।
गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकीकरण भई बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गरेको छैन।
दलको नेता चुन्न भनेर बसेको बैठक दलको विधान बनाउने विषयमा मात्र छलफल गरेर टुंगिएको जसपा नेता लक्ष्मण कर्णले बताए।
‘विधान मिलाएपछि फेरि छलफल हुन्छ,’ उनले भने, ‘विधान बनेर आएपछि संसदीय दलको नेता चुन्ने प्रक्रिया अगाडि बढ्छ।’
अहिलेकै सत्तामा सहकार्य गर्ने या नयाँ सत्ता समीकरण बनाउने मामिलामा जसपा निर्णायक देखिएको छ। त्यसकारण यो दल यतिखेर तानातानको स्थितिमा छ।
प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
