Kathmandu Press

चुडाल र सुवेदी सर्वोच्च न्यायाधीशमा सिफारिस

काठमाडौं, फागुन २८  : सर्वोच्च अदालतमा रिक्त दुई न्यायाधीश पदमा नियुक्तिका लागि नाम सिफारिस गरिएको छ।न्याय परिषद्‍को शुक्रबार सम्पन्न बैठकले उच्च अदालत पाटनका...
चुडाल र सुवेदी सर्वोच्च न्यायाधीशमा सिफारिस
कुमार चुडाल र नहकुल सुवेदी

काठमाडौं, फागुन २८  : सर्वोच्च अदालतमा रिक्त दुई न्यायाधीश पदमा नियुक्तिका लागि नाम सिफारिस गरिएको छ।

न्याय परिषद्‍को शुक्रबार सम्पन्न बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल रउच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो। 

त्यस्तै न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतहरुमध्येबाट उच्च अदालत पाटन र पोखरामा रिक्त न्यायाधीश नियुक्तिका लागि पनि नाम सिफारिस गरिएको छ।

जसमा महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेललाई उच्च अदालत पाटन र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषि राजभण्डारीलाई उच्च अदालत पोखराकोे न्यायाधीश नियुक्तिका लागि सिफारिस गिरएको हो।

जिल्ला न्यायाधीशहरूबाट सात जना, प्रथम श्रेणीका अधिकृतबाट दुई जना र अधिवक्ताहरूमध्येबाट सात जनालाई विभिन्न उच्च अदालत तथा तिनका इजलासमा न्यायाधीश नियुक्त गरिएको छ। 

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्