Kathmandu Press

नयाँ दिल्लीमा कोठी चलाउने महिला पक्राउ

काठमाडौं, फागुन २८ : भारतको नयाँ दिल्लीमा कोठी चलाउँदै आएकी नुवाकोट दुप्चेश्वर नगरपालिका–२ की रूकमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ दिल्लीको...
नयाँ दिल्लीमा कोठी चलाउने महिला पक्राउ

काठमाडौं, फागुन २८ : भारतको नयाँ दिल्लीमा कोठी चलाउँदै आएकी नुवाकोट दुप्चेश्वर नगरपालिका–२ की रूकमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ दिल्लीको जिबी रोडमा कोठी चलाउँदै आएकी ६२ वर्षीया तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

नुवाकोट प्रहरीको सहयोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोले तामाङलाई नुवाकोटबाट पक्राउ गरेको हो । तामाङलाई ७ दिन हिरासतमा राखेर थप अनुसन्धान प्रहरीलाई काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 

तामाङले काभ्रेकी एक किशोरीलाई चितवनमा काम लगाइदिने भन्दै भारत लगेर बेश्यावृत्तिमा लगाएकी थिइन् ।  आरोप छ । ती किशोरीलाई पानीमा औषधि मिसाएर खुवाई बेहोस बनाएर भारत पुर्‍याइएको थियो । 

ती किशोरीले प्रहरीमा जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको हो । 
 

प्रकाशित मिति: १४:५८ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्