पार्टीमा नफर्केकाहरूलाई फकाउँदिनँ : प्रचण्ड
बुटवल, फागुन २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्चले एकीकरण बदर गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइसकेको अवस्थामा पनि...
बुटवल, फागुन २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्चले एकीकरण बदर गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइसकेको अवस्थामा पनि आफ्नो पार्टीमा नफर्केका नेताहरूलाई फकाउन मन लाग्न छाडेको प्रतिक्रिया दिएका छन्।
पुस ५ गते तत्कालीन नेकपा ओली र प्रचण्ड-नेपाल दुई समूहमा विभक्त हुँदा विगतमा माओवादी केन्द्रमा रहँदै आएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतले प्रचण्डको साथ छाडेका थिए।
ती नेताहरूले नेकपा माओवादीमा नफर्कने बताइसकेका छन्। त्यसकारण प्रचण्डले पनि उनीहरूलाई फकाउनतिर नलाग्ने बताएका हुन्।
शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले विगतमा बिग्रिएका, भत्किएकाहरुलाई आफ्नो पक्षमा ल्याउनु, मन्त्री बनाउनु आफ्नो गल्ती भएको बताए।
दुई जना मान्छे नभएकालाई स्थायी समिति सदस्य किन बनाएको होला भनेर अहिले आत्मसमीक्षा गर्न थालेको उनले बताए ।
इमानदार कार्यकर्तालाई विश्वास नगरेकोमा पश्चात्ताप गर्दै उनले भने, ‘दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने साथीहरुलाई भरोसा गरेको भए यस्तो दिन देख्नुपर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’










-1790853075.png)
