Kathmandu Press

शान्तिसम्झौतायताका परिवर्तन उल्ट्याउने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं, फागुन २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौतापछि हासिल भएको परिवर्तनलाई उल्ट्याउन आफूमाथि चौतर्फी हमला भइरहेको बताएका...
शान्तिसम्झौतायताका परिवर्तन उल्ट्याउने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं, फागुन २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौतापछि हासिल भएको परिवर्तनलाई उल्ट्याउन आफूमाथि चौतर्फी हमला भइरहेको बताएका छन्।

सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाको निधन भइसके पनि अर्को हस्ताक्षरकर्ता आफू जीवितै रहेको उल्लेख गर्दै उनले आफू संघीयता, गणतन्त्र, समावेशिता पक्षमा दृढतापूर्वक उभिँदै आएको बताए । उनले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने प्रयास सफल हुन नदिने विश्वास उनले व्यक्त गरे।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको शुक्रबार बुटवलमा आयोजित प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले अहिले परिवर्तनका लागि संघर्ष गर्ने नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको बताए।

अहिले लोकतन्त्र संकटमा पर्दै गएकाले त्यसको रक्षार्थ सबै सचेत हुनुपर्ने उनको भनाइ थियो।

दलित, जनजातिका लागि दिइएको अधिकारलाई विकसित गर्दै लैजाने कि अन्त्य गर्ने भन्ने विषय जोडतोडले उठ्न थालेकाले तिनको रक्षार्थ आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने जस्ता निकै ठूलो षड्यन्त्र भएको  उनले बताए। लडेर ल्याइएका उपलब्धिलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति गर्नुपर्ने आवश्यता प्रचण्डले औंल्याए।

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्