Kathmandu Press

भर्चुअल माध्यमबाट फस्ट क्वाड लिडर्स् शिखर सम्मेलन

काठमाडौं, फागुन २८ : शुक्रबार पहिलो क्वाड लिर्डस् शिखर सम्मेलन भर्चुअल रुपमा आयोजना हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदी, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानी प्रधानमन्त्री...
भर्चुअल माध्यमबाट फस्ट क्वाड लिडर्स् शिखर सम्मेलन

काठमाडौं, फागुन २८ : शुक्रबार पहिलो क्वाड लिर्डस् शिखर सम्मेलन भर्चुअल रुपमा आयोजना हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदी, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानी प्रधानमन्त्री योशिहिदा सुगा र अमेरिकी राष्ट्रपति जोसेफ आर बाइडेन बहुपक्षिय मार्गचित्रको पहिलो क्वाड लिर्डस् शिखर सम्मेलनमा सहभागी हुनेछन् । 

सबै नेताले साझा चासोका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नेछन् । स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासाफिक क्षेत्र कायम राख्नका लागि सहयोगका व्यावहारिक क्षेत्रमा विचार आदानप्रदान गर्नेछन् । 

Hardik ivf

शिखर सम्मेलनले आपूर्ति (सप्लाई) चेन, उदीयमान र जिर्ण टेक्नोलोजी, समुद्री सुरक्षा र जलवायु परिवर्तन जस्ता समसामयिक चुनौतिमाथि विचार साटासाट गर्ने अवसर प्रदान गर्नेछ ।

नेताहरूले कोभिड–१९ महामारी विरूद्ध लड्नका लागि चलिरहेका प्रयासहरू र इन्डो–प्यासाफिक क्षेत्रमा सुरक्षित, न्यायसंगत र सस्तो खोपहरू सुनिश्चित गर्ने अवसरको अन्वेषण गर्न पनि छलफल गर्नेछन् ।

सिड्नीमा पत्रकारसँग कुराकानी गर्दै क्वाड लिर्डस्को शिखर सम्मेलन अगाडि मोरिसनले ‘क्वाड’ देशका नेताको पहिलो बैठकले इन्डो–प्यासाफिक क्षेत्रमा सुरक्षा चुनौति, जलवायु परिवर्तन र कोभिड–१९को प्रसारलाई नियन्त्रण गर्ने प्रयासहरुबारे छलफल गर्ने बताए ।


 

प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्