Kathmandu Press

कांग्रेसको पदाधिकारी बैठक ३ बजे, त्यसपछि जसपाका नेताहरूसँग छलफल

काठमाडौं, फागुन २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) दिउँसो ३ बजे बस्ने भएको छ।सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा...
कांग्रेसको पदाधिकारी बैठक ३ बजे, त्यसपछि जसपाका नेताहरूसँग छलफल

काठमाडौं, फागुन २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) दिउँसो ३ बजे बस्ने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

बैठकले सर्वोच्चको पछिल्लो फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिँदा उन्पन्न नयाँ राजनीतिक परिस्थितिमा संसदमा आफ्नो भूमिका कस्तो हुने भन्ने विषयमा ठोस योजना बनाउने जनाइएको छ।

पदाधिकारी बैठकलगत्तै कांग्रेस जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग पनि बुढानीलकण्ठमै छलफल हुने बताइएको छ। 

सत्ता सहकार्यबारे जसपाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसमेत केपी ओलीसँग बिहीबार साँझ छलफल गरेको थियो।

प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्