Kathmandu Press

जसपा संसदीय दलकाे बैठक १ बजे बस्दै

काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। बैठकमा दलको...
जसपा संसदीय दलकाे बैठक १ बजे बस्दै
फाइल तस्बिर

काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। बैठकमा दलको विधान र संसदीय दलको नेता चयनबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीले केपी ओलीले सत्ता सहकार्यबारे बिहीबार जसपाका नेताहरूसँग छलफल गरेका थिए। त्यसबारे पनि बैठकमा छलफल हुने जसपाका एक नेताले बताए।

गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जसपा बनेको भए पनि अहिलेसम्म संसदीय दलको नेता चयन गरिएको छैन। अहिलेसम्म उक्त पार्टीमा साबिककै दलका आधारमा दुई संसदीय दल छन्। 

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली नेतृत्वको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्नेमा उक्त पार्टी दुई धारमा विभाजित भएको छ।

बिहीबार बालुवाटारमा भएको छलफल सकारात्मक भएको प्रतिक्रिया सरकार र जसपाले दिइरहेका सन्दर्भमा आज (शुक्रबार) पनि उनीहरुबीच अनौपचारिक छलफल हुने जनाइएको छ।

नेकपा एमाले नेतृत्वको वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले दिएको समर्थन कायमै छ। उक्त समर्थन फिर्ता भए ओली नेतृत्वको सरकार संकटमा पर्नेछ।

सरकारका लागि १३८ सांसद आवश्यक पर्ने भएकाले एमालेलाई आफ्नो नेतृत्वको सरकार टिकाउन १७ सांसद अपुग हुन्छ । जसपासँग ३२ सिट भएकाले सत्ता सहकार्यका लागि ओलीले पहल थालेका हुन्।   

 

प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्