Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठक चैत १ मा

काठमाडौं, फागुन २८ : नेकपा एमालेले चैत १ गते आइतबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ।सर्वोच्च अदालतले नेकपा एकिकरण प्रक्रिया बदर गरेपछि नेकपा एमाले...
एमाले केन्द्रीय कमिटी बैठक चैत १ मा

काठमाडौं, फागुन २८ : नेकपा एमालेले चैत १ गते आइतबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

सर्वोच्च अदालतले नेकपा एकिकरण प्रक्रिया बदर गरेपछि नेकपा एमाले पुन अस्तित्वमा आएको थियो । अस्तित्वमा आएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो । 

बैठकको मिति तय भएपनि स्थान र समय भने तय भइनसकेको बताइएको छ । बैठकमा उपस्थितिका लागि सम्पूर्ण केन्द्रिय सदस्यलाई पत्राचार गर्ने तयारी एमालेको छ । 

एमालेमा झलनाथ खनाल र माधव नेपाललगायतले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

प्रकाशित मिति: ११:२७ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्