माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बुटवल जाँदै
काठमाडौं, फागुन २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जादै छन् । दलित पत्रकार संघको सम्मेलन तथा पार्टी कार्यकर्तासँग भेटका...
काठमाडौं, फागुन २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जादै छन् ।
दलित पत्रकार संघको सम्मेलन तथा पार्टी कार्यकर्तासँग भेटका लागि ‘प्रचण्ड’ बुटवल जान लागेका हुन् । बुटवलमा दलित पत्रकार संघको राष्ट्रिय सम्मेलन बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पछिल्लो विकसित राजनैतिक अवस्थाका बारेमा विभिन्न दलका नेतासँग भेटवार्ता गर्दै आएका प्रचण्डले आज पनि बुटवलको कार्यक्रमपछि अनौपचारिक छलफलहरु जारी राख्ने बुझिएको छ ।
यस्तै उनले बुटवलको एक होटलमा हुने कार्यक्रममा पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन समेत गर्नेछन् ।
प्रकाशित मिति: ०८:५० बजे, शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
