Kathmandu Press

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाने

काठमाडौं, फागुन २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमणमा जाने भएकी छिन् ।राष्ट्रपति निवास स्रोतका अनुसार उनले चैत्र ९ र १०...
राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाने

काठमाडौं, फागुन २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमणमा जाने भएकी छिन् ।

राष्ट्रपति निवास स्रोतका अनुसार उनले चैत्र ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको हो ।

बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा हुन लागेको एक विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित मिति: ०८:१९ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्