Kathmandu Press

कोरोना राहात प्याकेज विधेयकमा बाइडेनद्धारा हस्ताक्षर

काठमाडौं, फागुन २८ : कोरोना भाइरसको महामारीसँग जुधेका नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेन हस्ताक्षर गरेका छन् ।हिजो...
कोरोना राहात प्याकेज विधेयकमा बाइडेनद्धारा हस्ताक्षर

काठमाडौं, फागुन २८ : कोरोना भाइरसको महामारीसँग जुधेका नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेन हस्ताक्षर गरेका छन् ।

हिजो संसदको तल्लो सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका हुन । हस्ताक्षरसागै यो विधेयकले अब कानुनी रुप लिएको छ । १९ अर्व डलरको आर्थिक राहत प्याकेजले कोभिड १९ ले प्रभावित भएका अमेरिकीहरुलाई सहायता प्रदान गर्नेछ ।

Hardik ivf

यो विधेयकमा १४०० डलर भुक्तान, बेरोजगारी भत्ता विस्तार, चाइल्ड ट्याक्स क्रेडिट जस्ता योजना छन् । यसबाट करोडौँ मानिसहरु गरिबीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।

राष्ट्रपति बाइडेनले राहत प्याकेजले देशको मेरुदण्ड पुनर्निर्माण गर्ने बताएका छन् । यो विधेयकमा उल्लेखित विषयबारे बाइडेनले आज देशबासीका नाममा सम्बोधन गर्नेछन् । 

प्रकाशित मिति: ०७:३७ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्