तीन दिनको मौसम पूर्वानुमान, केही स्थानमा सामान्य तथा आंशिक बदली
काठमाडौं, फागुन २८ : आज नेपालका केही स्थानमा सामान्य तथा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार हाल...
काठमाडौं, फागुन २८ : आज नेपालका केही स्थानमा सामान्य तथा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा छ ।
यस्तै, देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
आईतबार बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । विभागले तीन दिने मौसम पुर्वानुमानबारे जानकारी दिदैं यस्तो बताएको हो ।
प्रकाशित मिति: ०७:३० बजे, शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)