Kathmandu Press

युरोपा लिग फुटबलमा आर्सनल विजयी, टोटेनहमले जाग्रेवलाई हरायो 

युरोपा लिग फुटबलमा आर्सनल विजयी, टोटेनहमले जाग्रेवलाई हरायो 

काठमाडौं, फागुन २८ : युरोपा लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ।

गएराति भएको खेलमा ओलम्पियाकोसलाई ३–१ गोलअन्तरले पराजित गर्दै आर्सनलले क्वाटरफाइनल प्रवेशको संभावना बलियो बनाएको हो। आर्सनलका लागि मार्टिन ओएडेगार्ड, गाब्रिएल र मोहम्मद इल्नेनीले एक एक गोग गरे । ओलम्यिाकोसका लागि युसेफ अल अरबीले एक गोल फर्काए । 

गएराति नै भएका प्रिक्वाटरफाइनलको पहिलो लेगमा ग्रानाडाले मोल्देलाइ २–०, रोमाले सख्तर डोनेस्कलाई ३–० र टोटेनहम हट्स्परले डाइनामो जाग्रिबलाई २–० ले पराजित गरेका छन।

यस्तै, गएराति भएको खेलमा टोटेनहमले क्रोएसियन क्लब डाइनामो जाग्रेवलाई २ ० गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जीत दिलाउन ह्यारी केनले दुई गोल गरे ।

प्रकाशित मिति: ०७:०९ बजे, शुक्रबार, फागुन २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्