Kathmandu Press

अमेरिकी पूर्व राष्ट्रपतिहरूले लगाए कोरोनाको खोप

काठमाडौं, फागुन २८ : अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । सामूहिक रूपमा उनीहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने...
अमेरिकी पूर्व राष्ट्रपतिहरूले लगाए कोरोनाको खोप

काठमाडौं, फागुन २८ : अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । सामूहिक रूपमा उनीहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी भएनन् ।

खोप लगाएको भिडियोसमेत सार्वजनिक गर्दै उनीहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले आफूहरूले खोप लगाएको उल्लेख गरे । उनीहरूले कुनै हिचकिचाहटबिना खोप लगाउनका लागि सबै अमेरिकी नागरिकलाई पनि आग्रह पनि गरे । पूर्व राष्ट्रपतिहरू जिम्मी कार्टर, जर्ज डब्लु बुस, बिल क्लिन्टन र बाराक ओबामासँगै उहाँहरूका प्रथम महिलाहरूले पनि खोप लगाउने भएको हो ।

Hardik ivf

खोप लगाएपछि पूर्व राष्ट्रपति ओबामाले भने, “खोपको अर्थ हाम्रो आशा हो, यसले हामीलाई रक्षा गर्छ, खतराबाट जोगाउछ, यो महामारीबाट बच्नका लागि हामी सबैले खोप लगाउनु पर्छ ।” अन्य पूर्व राष्ट्रपतिहरूले पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउनु आवश्यक रहेको र त्यसबाट कुनै नकारात्मक खतरा नरहेको चिकित्सकहरूले प्रमाणित गरेकाले आफूहरूले ढुक्क भएर खोप लगाएको उल्लेख गरे ।

निवर्तमान राष्ट्रपति ट्रम्पले भने खोपप्रति आफ्नो विश्वास नरहेको बताउँदै आएका थिए । तर उनले भने राष्ट्रपतिको भूमिकामै रहेका बेला गत जनवरीमै खोप लगाए पनि सार्वजनिक नगरेको विभिन्न सञ्चारमाध्यमले लेखेका थिए । 

प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्