यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि जर्नेल कार्की बर्खास्त
काठमाडौं, फागुन २७ : नेपाली सेनाका एक जना सहायक रथी (जर्नेल) यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि बर्खास्त गरिएका छन्।नेपाली सेनाले संगठनभित्रकै महिला अधिकृत...
काठमाडौं, फागुन २७ : नेपाली सेनाका एक जना सहायक रथी (जर्नेल) यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि बर्खास्त गरिएका छन्।
नेपाली सेनाले संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई बर्खासत गरेको हो। उनलाई एक साता अघि बर्खास्त गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।
जर्नेल कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो। सेनाको कोर्ट अफ इन्क्वाइरीले कार्कीले गल्ती गरेको पाएपछि बर्खास्त गरिएको जनाएको छ।
सेनाले जर्नेल कार्कीसँगै यौन दुर्व्र्यवहारको आरोप लगाएका दुवै सैनिक महिलालाई पनि बर्खास्त गरेको छ। कोर्ट अफ इन्क्वाइरीले उनीहरुको पनि मनसाय गलत पाएको जनाएको छ।
सेनाका अनुसार जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृतमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। त्यसपछि उनी नेपाल आएका थिए। नेपालमा पनि २८ नम्बर बाहिनीमा रहँदा सैनिक महिलामाथि यौन दुर्व्यवहार गरेको अनुसन्धानमा खुलेको जनाएको छ।
सेनामा यौन दुर्व्यवहारजस्तो अपराधमा शून्य सहनशीलता रहेको सैनिक प्रवक्ता पौडलेको भनाइ छ। जर्नेल कार्कीलाई सैनिक ऐन अनुसार कारबाही गरिएनको उनको भनाइ छ।











-1790853075.png)