Kathmandu Press

मेयर्स ११ लाई हराउँदै एफिएफ फाइनलमा

काठमाडौं, फागुन २७ : लिगको अन्तिम खेलमा जित निकाल्दै एपिएफ काठमाडौंमा जारी काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार मुलपानी क्रिकेट...
मेयर्स ११ लाई हराउँदै एफिएफ फाइनलमा

काठमाडौं, फागुन २७ : लिगको अन्तिम खेलमा जित निकाल्दै एपिएफ काठमाडौंमा जारी काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपिएफले मेसर्य ११लाई ७ विकेट हरायो।

लिगका ४ खेलमा ३ जितसहित ६ अंक जोडेको एपिएफ दोस्रो हुँदै फाइनलमा पुगेको हो। एपिएफले पहिलो खेलमा आर्मीलाई १ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पनि १ विकेटले नै हराएको थियो। यस्तै तेस्रो खेलमा बागमित प्रदेशसँग २७ रनले हराएको थियो। अब उसले उपाधिका लागि शनिबार कीर्तिपुरस्थित टियू मैदानमा नेपाल पुलिस क्लबसँग खेल्ने छ।  

पहिला ब्याटिङ गर्दै मेयर्स ११ लिएको १७८ रनको लक्ष्य एपिएफले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। उसका लागि सन्दीप जोरा र कप्तान शरद भेषावकरले चौथो विकेटका लागि १२० रनको साझेदारी गरे। जोराले ६२ र भेषावकरले ६१ रन बनाए । मेयर्स ११का सन्दीप लामिछाने, अनिल खरेल र अर्जुन चुनाराले समान १ विकेट लिए।

मेयर्स ११ ले पहिला ब्याटिङ गर्दै ४८.५ओभरमा अलआउट हुनुअघि १७७ रन मात्र बनायो । उसका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए भने हरिशंकर साहले ३६ र विक्रम भुसालले २० रन बनाए । एपिएफका अविनाश बोहरा र कमलसिंह ऐरीले समान ३ विकेट लिए।

प्रकाशित मिति: १७:५२ बजे, बिहीबार, फागुन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्