साँझ प्रधानमन्त्रीले जसपाका नेताहरूलाई भेट्ने
काठमाडौं, फागुन २७ : सर्वोच्च अदालतको पछिल्लो फैसलाले निम्त्याएको पछिल्लो राजनीतिक घटनाक्रमसँगै यतिखेर संसदीय दलका नेताहरू राजनीतिक भेटवार्तामा व्यस्त बनेका छन्।सत्ता टिकाउने र...
काठमाडौं, फागुन २७ : सर्वोच्च अदालतको पछिल्लो फैसलाले निम्त्याएको पछिल्लो राजनीतिक घटनाक्रमसँगै यतिखेर संसदीय दलका नेताहरू राजनीतिक भेटवार्तामा व्यस्त बनेका छन्।
सत्ता टिकाउने र सत्ता परिवर्तन गर्ने अंकगणितीय खेलले महत्व राख्ने भएपछि सत्ता सहकार्यका लागि अनुकूलता निर्माणका लागि नेताहरू भेटघाटमा सक्रिय बनेका हुन्।
यसैबीच नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आज (बिहीबार) साँझ ५ बजे भेटवार्ता हुँदैछ।
प्रधानमन्त्री ओलीले बोलाएका कारण जसपा नेताहरुल छलफलका लागि जान लागेको बताइएको छ।
ओली नेतृत्वको अहिलेको सरकारमा नेकपा माओवादी केन्द्रको समर्थन कायम छ। तर उक्त पार्टीले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीले सरकार जाेगाउन अर्को पार्टीसँग मिल्नुपर्ने हुन्छ।
संसदमा बहुमत पुर्याउन १३८ सांसद आवश्यक पर्छ। उमाले एक्लैसँग १२१ सांसद छन्। आफ्नै नेतृत्वमा सरकार बनाउन एमालेलाई थप १८ मत आवश्यक पर्छ।
संसदका लागि ३२ मत भएको जसपाले मात्रै साथ दिए पनि एमालेकै नेतृत्वमा सरकार टिक्ने निश्चित छ।
प्रधानमन्त्री ओलीले सोही विषयमा छलफल गर्न जसपालाई बोलाएका हुन्।
जसपाले सांसद रेशम चौधरीको रिहाइको माग उठाउँदै आएको छ। त्यस्तै मधेस आन्दोलनका क्रममा मुद्दा चलाइएका आन्दोलनकारीको मुद्दा फिर्ता लिनुपर्ने, संविधान संशोधनलगायत मागमा जसपा केन्द्रित भएको छ।
आफ्ना माग पूरा गर्नेसँग सत्ता सहकार्य गर्ने धारणा जसपाले राखिसकेको छ।











-1790853075.png)