Kathmandu Press

म्यानमारको प्रदर्शनमा सेनाको दमन, सात प्रदर्शनकारी मारिए

म्यानमार, फागुन २७ : म्यानमारमा सैनिक ‘कु’ विरुद्ध भइरहेको प्रदर्शनमा सेनाले दमन गरेको छ । बिहीबार म्यानमारको मियाइङमा भएको प्रर्दशनमा सेनोले दमन गर्दा सात...
म्यानमारको प्रदर्शनमा सेनाको दमन, सात प्रदर्शनकारी मारिए

म्यानमार, फागुन २७ : म्यानमारमा सैनिक ‘कु’ विरुद्ध भइरहेको प्रदर्शनमा सेनाले दमन गरेको छ । बिहीबार म्यानमारको मियाइङमा भएको प्रर्दशनमा सेनोले दमन गर्दा सात प्रदर्शनकारी मारिएका छन्।

प्रदर्शनमा सेनाले  चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । तीमध्ये ६ जना मियाइङ र अर्का एकजनाको यान्गोनमा मृत्यु भएको हो।

मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले म्यानमारमा सेनाले आन्दोलनकारीमाथि दमन गरेको बताएको छ । उसले  सेनाले आवश्यकता नभई प्रदर्शनकारीमाथि ज्यान लिने गरी बल प्रयोग भएको भन्दै त्यसको विरोध गरेको हो। 

फेब्रुअरी १ मा सेनाले कु गर्दै सासन सत्ता हातमा लिएपछि त्यसको विरोधमा म्यमनमारमा दिनहुँ प्रदर्शन भइरहेका छन्।

त्यहाँ सेनाको दमनका कारण ६० जनाभन्दा बढीको मृत्यु भइसकेको बताइएको छ।

प्रकाशित मिति: १५:५४ बजे, बिहीबार, फागुन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्