कांग्रेस सभापति देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त
काठमाडौं, फागुन २७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्वउपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्यसमेत...
काठमाडौं, फागुन २७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्वउपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका थापाको बुधबार ७२ वर्षकाे उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवासमै निधन भएको हो।
सभापति देउवाले शोक सन्देशमार्फत थापाले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
नेपाल शिक्षक संघ गुल्मीका संस्थापक अध्यक्ष थापाले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
बिपी विचार समाजका जिल्ला अध्यक्ष थापाको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ।
प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)