Kathmandu Press

महाशिवरात्रिको रौनकः गंगामा लाखौंले गरे शाही स्नान

नयाँदिल्ली, फागुन २७ :  हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन्...
महाशिवरात्रिको रौनकः गंगामा लाखौंले गरे शाही स्नान

नयाँदिल्ली, फागुन २७ :  हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन् । 

यस ‘शाही स्नान’लाई व्यवस्थित तुल्याउन कडा सुरक्षा व्यवस्था गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । हरिद्वार कुम्भमेला प्रशासनका अधिकारीहरुले यहाँ पाँच हजारभन्दा बढी सुरक्षाकर्मी, सयौं सिसिटिभी र ड्रोनको व्यवस्था गरिएको जानकारी दिएका छन् । 

सन् २०२१ को कुम्भ मेलाको यो पहिलो शाही स्नान हो । प्रमुख कार्यक्रमहरुको कार्यसूची अनुसार, यस वर्ष हरिद्वारमा चार पटक ‘शाही स्नान’ र नौ पटक घगङ्गा स्नान’ हुनेछ । 

हरिद्वारको कुम्भमेलाको व्यवस्थापनमा खटिएका प्रहरी महानिरीक्षक सन्जय गुन्ज्यालले दिउँसोसम्ममा २२ लाख श्रद्धालुले स्नान गरिसकेको जानकारी दिएका छन्।

उत्तराखण्डका नवनियुक्त मुख्यमन्त्री तिरथ सिंह रावतले महाशिवरात्रिमा सहभागी हुने श्रद्धालुको स्वागतका लागि हेलिकप्टरबाट पुष्पवृष्टि गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए । 

कोरोनाभाइरस महामारीका कारण हरिद्वारमा यस वर्ष कुम्भमेला आगामी अप्रिल १ देखि अप्रिल ३० सम्म एक महिना गर्नेगरी तय भएको छ । 

महाशिवरात्रिको स्नानलाई पनि कुम्भमेलाकै एक भागका रुपमा लिइएको छ । 

महाशिवरात्रिलाई हिन्दुहरुले शिवालयहरुमा पूजापाठ र स्नान गरी निकै महत्वका साथ मनाउने गर्दछन् । एएनआई

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, फागुन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्