Kathmandu Press

दैलेखमा मिनीबस दुर्घटना, दुई जनाको मृत्यु, १६ घाइते

काठमाडौं, फागुन २७ : दैलेखको स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।कर्णाली राजमार्गको आठबिसकाेट नगरपालिका-१ स्यालाकोटमा बिहीबार कालीकोटबाट...
दैलेखमा मिनीबस दुर्घटना, दुई जनाको मृत्यु, १६ घाइते

काठमाडौं, फागुन २७ : दैलेखको आठबिसकाेटस्थित स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।

कर्णाली राजमार्गको आठबिसकाेट नगरपालिका-१ स्यालाकोटमा बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख ०२४७ नम्बरको मिनीबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीका अनुसार उक्त मिनीबस अनियन्त्रित भई सडकबाट सय मिटरजति तल खसेको हो।

प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कालिकोट भर्तीका जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथका कमल विक छन्। एक जनाकाे घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

बसमा १८ जना यात्रु थिए । घाइते १६ जनामध्ये सातजनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको छ। सामान्य घाइते नौजनाको स्थानीय स्वास्थ्य चौकीमै उपचार भइरहेको छ।

दुर्घटनाको खास कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:३० बजे, बिहीबार, फागुन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्