Kathmandu Press

फ्रान्सको डाटा सेन्टरमा आगलागी, मुख्य अनलाइन पोर्टलहरु बन्द 

काठमाडौं, फागुन २७ : फ्रान्सको स्ट्रासबर्गस्थित ओभिएचको डाटा सेन्टरमा आगलागि भएको छ । बुधबार ओभिएच डाटा सेन्टरमा भएको आगलागिबाट विश्वका ठूला अनलाइन पोर्टलहरु बन्द...
फ्रान्सको डाटा सेन्टरमा आगलागी, मुख्य अनलाइन पोर्टलहरु बन्द 

काठमाडौं, फागुन २७ : फ्रान्सको स्ट्रासबर्गस्थित ओभिएचको डाटा सेन्टरमा आगलागि भएको छ । बुधबार ओभिएच डाटा सेन्टरमा भएको आगलागिबाट विश्वका ठूला अनलाइन पोर्टलहरु बन्द भएका छन् ।

आगलागिबाट लिचेस् डट ओआरजी, भिडियो गेम मेकर रस्ट, क्रिप्टोकरेन्सि एक्स्चेन्ज डेरिबिटस् ब्लग एण्ड डक्स् साइटलगाएतका अनलाइन पोर्टलहरु बन्द भएका छन् ।

ओभिएच डाटा सेन्टर यूरोपको सबैभन्दा ठूलो र विश्वमा तेस्रो ठूलो होस्टिङ प्रदायक कम्पनि हो । ओभिएचले भिपिएस, सर्भर र अन्य वेब सेवाहरू प्रदान गर्दछ ।

ओभिएच डाटा सेन्टरमा भएको आगलागिबाट नेपालका केही अनलाइन पोर्टल पनि बन्द भएको बताइएको छ ।

प्रकाशित मिति: १३:१९ बजे, बिहीबार, फागुन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्