Kathmandu Press

चितवनको महाकालेश्वर मन्दिरमा भक्तजनको भीड (फाेटाे फिचर)

चितवन, फागुन २७ : कोरोना त्रासका बीच पनि यसपालिको महाशिवरात्रि पर्व विगतमा झैं हर्षोल्लासका साथ मनाइएको छ।महाशिवरात्रि पर्व फाल्गुन कृष्ण चतुर्दशीको रातमा बनाउने...
चितवनको महाकालेश्वर मन्दिरमा भक्तजनको भीड (फाेटाे फिचर)

चितवन, फागुन २७ : कोरोना त्रासका बीच पनि यसपालिको महाशिवरात्रि पर्व विगतमा झैं हर्षोल्लासका साथ मनाइएको छ।

महाशिवरात्रि पर्व फाल्गुन कृष्ण चतुर्दशीको रातमा बनाउने गरिन्छ । यसै रातमा श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको धार्मिक विश्वास छ । त्यसकारण हिन्दुहरुले हरेक वर्ष उक्त तिथिको रातलाई शिवरात्रिका रूपमा मनाउने परम्परा बसालेका हुन्।

महाशिवरात्रिका अवसरमा मुलुकका विभिन्न भूभागमा रहेका शिवमन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। चितवनस्थित महाकालेश्वर मन्दिरमा पनि दर्शनार्थीको भिड लागेको छ । यो वर्ष शिवरात्रि  कृष्ण त्रयादेशी तिथिमा परेको छ। शिवभक्तहरू यस रातमा मानव आत्माले मोक्ष प्राप्त गर्ने विश्वास राख्छन्।

मानिसहरुले जानेर वा नजानेर शिवरात्रिको व्रत सम्पन्न गरे पनि मुक्ति मिल्ने प्रसंग पुराणमा वर्णन गरिएको पाइन्छ । ईशान संहितामा गरिएको वर्णनअनुसार शिवरात्रिको व्रत जोकोही बस्न सक्छन।

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, फागुन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्