Kathmandu Press

पशुपतिमा महाशिवरात्रिको रौनक (फोटो फिचर)

विगत वर्षहरूको तुलनामा यो वर्ष पशुपतिनाथ आउने भक्तजन तथा साधुसन्तहरु पनि कमी आएको छ । विगमा १० लाखबढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने गरेक भएपनि यो पटक करिब ८ लाख हाराहारि मात्र दर्शनार्थी आउने अनुमान पशुपतिनाथ क्षेत्रविकास कोषले गरेको छ।
पशुपतिमा महाशिवरात्रिको रौनक (फोटो फिचर)

काठमाडाैं, फागुन २७ : बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व मनाइरहेका छन् । महाशिवारात्रिका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा हिजो (बुधबार)देखि भक्तजन, साधुसनतहरुको चहलपहल बाक्लो छ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

Hardik ivf

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । 

विगत वर्षहरूको तुलनामा यो वर्ष पशुपतिनाथ आउने भक्तजन तथा साधुसन्तहरु पनि कमी आएको छ । विगमा १० लाखबढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने गरेक भएपनि यो पटक करिब ८ लाख हाराहारि मात्र दर्शनार्थी आउने अनुमान पशुपतिनाथ क्षेत्रविकास कोषले गरेको छ। यस्तै, यो वर्ष महाशिवरात्रिमा पशुपतिनाथ परिसारमा साधुसन्त पनि कम आएका छन्। कोषका अनुसार गत वर्ष ६ हजार साधुसन्त आएका थिए भने यो पटक ३ हजार हाराहारी मात्र साधुसन्त आएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: ११:०६ बजे, बिहीबार, फागुन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्