Kathmandu Press

साउथह्ममटनमाथि म्यानचेस्टर सिटी शानदार जित 

काठमाडौं, फागुन २७ : इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्ममटनमाथि शानदार जित निकालेको छ ।बुधबार राति सम्पन्न खेलमा सिटीले साउथहम्पटनलाई ५-२ गोल...
साउथह्ममटनमाथि म्यानचेस्टर सिटी शानदार जित 

काठमाडौं, फागुन २७ : इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्ममटनमाथि शानदार जित निकालेको छ ।

बुधबार राति सम्पन्न खेलमा सिटीले साउथहम्पटनलाई ५-२ गोल अन्तरले  हराएको हो। सिटीको जितमा केभिन डी ब्रुने र रियाद महरेजले २/२ गोल गरे। त्यस्तै इके गुनडोगनले एक गोल गरे।

त्यस्तै साउथहम्पटनका लागि जेम्स वार्ड प्रोज र चे एडम्सले एक एक गोल गरेका थिए । जितपछि म्यानचेस्टर सिटीको २९ खेलमा ६८ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा १४ अंकले अगाडी भएको छ।

त्यस्तै साउथह्ममटनको २८ खेलमा ३३ अंक छ भने लिगमा १४औ स्थानमा झरेको छ।

प्रकाशित मिति: ०८:४१ बजे, बिहीबार, फागुन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्