Kathmandu Press

अमेरिकी राष्ट्रपति बाइडनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज पारित

काठमाडौं, फागुन २७ : अमेरिकी राष्ट्रपति जो बाइडनले ल्याएको राहत प्याकेजसम्बन्धी विधेयक पारित भएको छ । अमेरिकी कङ्ग्रेसको तल्लो सदनले राष्ट्रपति बाइडनले अघि...
अमेरिकी राष्ट्रपति बाइडनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज पारित

काठमाडौं, फागुन २७ : अमेरिकी राष्ट्रपति जो बाइडनले ल्याएको राहत प्याकेजसम्बन्धी विधेयक पारित भएको छ । अमेरिकी कङ्ग्रेसको तल्लो सदनले राष्ट्रपति बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको हो ।

बुधवार तल्लो सदन प्रतिनिधिसभाले यसलाई पार्टीगत बहुमतबाट पारित गरेको हो। यसअघि माथिल्लो सदनले पनि बहुमतबाट यसलाई पारित गरेको थियो। अब यसलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागु हुन्छ। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीका अनुसार राष्ट्रपति बाइडनले शुक्रवार यसमा हस्ताक्षर गर्नेछन्। प्रतिनिधिसभामा मतदान हुँदा एकजना बाहेक सबै डेमोक्र्याट सांसदले यसको समर्थन गरेका थिए।

Hardik ivf

प्याकेजलाई रिपब्लिकन दलका सांसदहरूले भने अस्वीकार गरेका थिए। प्याकेजमा अधिकांश अमेरिकीहरूले पाउने गरि एकमुष्ट प्रतिव्यक्ति १४ सय डलरको सहयोग सामेल छ। यसले बेरोजगारहरूलाई दिने गरिएको साप्ताहिक ३ सय डलरको सुविधा सेप्टेम्बरसम्म जारी राख्नेछ। साथै यो प्याकेजले राज्य तथा स्थानीय सरकारहरूलाई ३५० अर्ब डलर उपलब्ध गराउनेछ, विद्यालयहरू खुलाउन १३० अर्ब डलर गराउनेछ, कोभिड-१९ को परीक्षण र अनुसन्धानमा ४९ अर्ब डलर उपलब्ध गराउनेछ तथा खोप वितरणमा १४ अर्ब डलर छुट्ट्याउनेछ।

राष्ट्रिय न्यूनतम ज्यालादर प्रति घण्टा ७.२५ डलरबाट १५ डलर पुर्‍याउने प्रस्ताव भने सिनेटमा विवादग्रस्त बनेपछि अन्तिम प्याकेजमा पारिएन। यो प्याकेजप्रति आम अमेरिकीहरूको समर्थन रहेको देखिएको छ। मार्चमा प्यू रिसर्च सेन्टरले गरेको मत सर्वेक्षणमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले यसको समर्थन गरे जसमा ४१ प्रतिशत रिपब्लिकन पनि थिए।

राष्ट्रपति बाइडनले यो प्याकेजले देशको मेरुदण्ड आवश्यक सेवाका कर्मचारी, देश निर्माण गर्ने श्रमिक अनि यो देश चलाउने आम मानिसहरूलाई महामारीको प्रभावसँग जुझ्न सघाउ पुग्ने बताएका छन्। हालसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताइन्छ। (बीबीसी) 

 

प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, फागुन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्