आज दिउँसो केहि स्थानमा बर्षाको सम्भावना

काठमाडौं, फागुन २७ : मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज दिउँसो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, शुक्रबार र शनिबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
जसअनुसार शुक्रबार प्रदेश २ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।
यस्तै शनिवार देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।











-1790853075.png)