Kathmandu Press

च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो बार्सिलोना 

काठमाडौं, फागुन २७ : स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा...
च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो बार्सिलोना 

काठमाडौं, फागुन २७ : स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ ले पराजित हुँदा बार्सिलोनाको च्यम्पियन्स लिग यात्रा रोकिएको हो । पहिलो लेगमा पीएसजीले बार्सिलोनालाई उसकै मैदानमा चार–एकले हराएको थियो ।

प्रि–क्वाटर फाइनलको दोस्रो लेगमा बराबरी खेले पनि समग्रमा पाँच–दुईले पराजित हुँदा बार्सिलोनाको च्यम्पियन्स लिग यात्रा रोकिएको हो । बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३०औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गरेको गोलबाट अग्रता लियो ।

३७औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरेपनि पनि क्वाटर फाइनलमा पुग्नका लागि पर्याप्त भएन । तर अवे मैदानमा पिएसजीले गरेको ४ १ को जित दोस्रो लेगका लागि पर्याप्त भयो ।

प्रकाशित मिति: ०७:०८ बजे, बिहीबार, फागुन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्