कपास पुनः प्रयोगयोग्य फेस मास्कको लागि उत्तम
कतिपय मानिस कोभिड–१९ महामारी फैलिएको एक वर्षपछि पनि मास्क लगाएर हिँड्ने विषउमा विवाद गरिरहेका छन् । वैज्ञानिकहरू यो समस्या हल गर्न कस्तो रणनीति...कतिपय मानिस कोभिड–१९ महामारी फैलिएको एक वर्षपछि पनि मास्क लगाएर हिँड्ने विषउमा विवाद गरिरहेका छन् । वैज्ञानिकहरू यो समस्या हल गर्न कस्तो रणनीति अपनाउँदा उत्तम हुन्छ भन्नेमा अध्ययन गरिरहेका छन् । यो समस्या निर्मुल पार्न कपासको फेस मास्क उत्तम विकल्प हुन सक्ने उनीहरूले निष्कर्ष निकालेका छन् ।
विभिन्न अध्ययनले मास्क बनाउन फरक सामग्रीको संयोजनमाथि परीक्षण गरेका छन् । तर, वैज्ञानिकहरूकै निष्कर्षका आधारमा विश्व स्वास्थ्य संगठन र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)जस्ता स्वास्थ्य संस्थाले सर्वसाधारणलाई कपडाको मास्क लगाउन सिफारिस गरेका हुन् । तर, केही अध्ययन यस्ता पनि छन्, जसले महत्वपूर्ण वास्तविक कारणलाई बेवास्ता गरेको पाइन्छ । कतिपय अध्ययनको जोड छ– मास्कमा कपडा प्रयोग गर्दा सास फेर्न अप्ठ्यारो हुन्छ किनकि सास फेर्दा कपडाको मास्क ओसिलो बन्ने ती अध्ययनको निष्कर्ष देखिन्छ ।
अनुसन्धानकर्ताहरूको टोलीले उच्च आद्र्रता रहेका ठाउँमा मुखबाट निस्किने तातो हावाका लागि उपयुक्त हुने सामग्रीबाट मास्क बनाउनेबारे अध्ययन गरेका छन् । ‘यो नयाँ अध्ययनले कपास प्रयोग भएका कपडाले वास्तवमा हामीले मास्कमा सोचेभन्दा राम्रो काम गर्छन् भन्ने कुरा देखाउँछ,’ अमेरिकी नेसनल इन्स्ट्यिुट अफ स्ट्यान्डर्स एन्ड टेक्नोलोजी (एनआईएसटी) का वैज्ञानिक क्रिस्टोफर चाङमाइस्टरले भने ।
चाङमाइस्टर र उनका सहकर्मीले पोलिस्टर र रेयानसहित नौ प्रकारका कपास र ६ प्रकारका सिन्थेटिक कपडाको परीक्षण गरे । पोलिस्टरमा ९९ प्रतिशत ओसिलोपना हुन्छ भने रेयानमा ५५ प्रतिशत । परीक्षणबाट कपास प्रयोग भएका कपडामा अन्यको तुलनामा भिन्नता देखिएको छ ।
सुकेको कपासको तुलनामा सिन्थेटिक कपडाको परफरमेन्स कमजोर पाइएको छ । ओसिलो अवस्थामा सिन्थेटिक कपडालाई जाँच्दा यसले आफ्नो कार्यमा कुनै प्रकारको परिवर्तन ल्याएन । तर, सँगै कपासबाट बनेका कपडामा ३३ प्रतिशत कण रोक्न सक्ने क्षमता पाइएको छ ।
अनुसन्धानकर्ताहरूले नुनका विभिन्न आकारका कणलाई भाइरस सञ्चार गर्ने थोपा र एरोसोल कणहरू परीक्षण गर्ने विकल्पको रूपमा उपयोग गरेका छन् । यसले पानी सोस्ने कपासका कपडाले अद्रतालाई पनि रोकेको देखाएको छ । कणको मात्रा बढ्दा फेब्रिक कपडाबाट पास हुन नसक्ने अध्ययनमा देखिएको छ ।
सिन्थेटिक फाइबरले पानीलाई रोक्छ । सोही कारण मास्कभित्र आर्द्रता सिर्जना हुँदैन । र, फाइबरले यसलाई रोक्छ । मेडिकल मास्कमा पनि खासै परिवर्तन आएको छैन तर ती मास्क सबै अवस्थामा प्रयोगयोग्य बनाइएको छ । र, कपासको बराबरको स्तरमा ।
परीक्षणको नतिजाअनुसार कपासको सबैभन्दा उत्कृष्ट परफरमेन्स देखिएको छ । सबैभन्दा राम्रो गुणस्तरको कपास फ्ल्यानल भएको निष्कर्ष पनि अनुसन्धानकर्मीले निकालेका छन् । मास्कमा प्रयोग हुने सामग्रीको माइक्रोस्कोपिक तस्बिरले संरचनामा स्पष्ट भिन्नता प्रकट गर्छ । सिन्थेटिक पोलिस्टरमा धर्के फाइबरको अव्यवस्थित ढाँचाको तुलनामा व्यवस्थित बुनाइको ढाँचा हुन्छ, जसले फ्ल्यानललाई नरम बनाउँछ ।
फाइबरको गडबडीले मास्कको माध्यमबाट जाने वायुजनित कणहरू ठोकिने र कपडामा टाँसिने सम्भावना रहेको अनुसन्धानकर्ताको निष्कर्ष छ । यसको मतलब ओसिला मास्कहरू राम्रा हुन्छन् भन्ने होइन । यदि तपाईंको मास्क ओसिलो भएमा तत्काल बदल्नुपर्छ । आर्द्र अवस्थामा मास्कमा तरलको मात्रा केही थोपा मात्र हुन्छ, जसले मानिसको सास फेर्ने क्षमतामा ह्रास ल्याउनसक्दैन । अध्ययनबाट फेब्रिकको दुवैतिर हावाको चाप तुलनात्मक रूपमा उस्तै रहेको पत्ता लागेको छ ।
यो वातावरणीय दृष्टिकोणबाट पनि ठूलो समाचार हो । डिस्पोजेबल सर्जिकल मास्कले बढ्दो माइक्रोप्लास्टिक फोहोरलाई फाल्छ । यहाँनेर मास्कको सुरक्षित पुनप्रयोग विकल्पका रूपमा देखिँदा ठूलो सान्त्वना मिलेको छ ।
अनुसन्धानबाट पुनप्रयोग योग्य मास्कलाई मेसिनबाट धुन सकिने पनि देखाएको छ । यो विकल्प तपाईं र तपाईका प्रियजनलाई सुरक्षित राख्न मात्र होइन, पर्यावरणीय दृष्टिबाट वपन राम्रो विकल्प हो ।
यो अध्ययनले कोरोजा प्रसार रोक्न कपडाको मास्कको लागि पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्ड निर्माणमा पनि योगदान दिएको छ ।
साइन्स अलर्ट डट कमबाट