नेपाल समूहको निष्कर्षः एमालेलाई एकतावद्ध बनाउने जिम्मेवारी ओलीकै
काठमाडौं, फागुन २६ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीलाई एकतावद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीकै भएको निष्कर्ष निकालेको छ।अध्यक्ष...
काठमाडौं, फागुन २६ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीलाई एकतावद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीकै भएको निष्कर्ष निकालेको छ।
अध्यक्ष भएकाले एमालेलाई कसरी एकतावद्ध बनाउने भन्ने विषय ओलीमै निर्भर रहने नेपाल समूहले ठहर गरेको छ। बुधबार काठमाडौंको एक होटलमा बसको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेलाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेको छ।
छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार एमालेलाई एकतावद्ध बनाउन अध्यक्ष ओलीले भूमिका निभाउनुपर्ने निष्कर्ष निकालिएको छ। 'अध्यक्ष ओली कसरी अगाडि बढ्छन्? पार्टीलाई एकतावद्ध बनाउन कसरी कदम चाल्छन्? यो सबै उहाँकै भूमिकामा निर्भर हुन्छ,' ति केन्द्रीय सदस्यले भने।
सर्वोच्च अदालतले फागुन २३ गतेको फैसला अनुसार एमाले र माओवादी केन्द्र अलग भएका छन्। त्यसपछिको परिस्थितिका विषयमा छलफल गर्न नेपाल समूहका केन्द्रीय सदस्यहरु भेला भएका हुन्।
नेपाल समूहका केन्द्रीय सदस्यको भेलाले अब बस्ने केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकमा पार्टीलाई एकतावद्ध बनाएर लग्ने विषयमा छलफल गरिनुपर्नेमा पनि जोड दिएको छ। एमालेलाई एकतावद्ध बनाउन विगतका तितामिठा कुरा बिर्सनुपर्नेमा पनि भेलाले जोड दिएको छ।
माओवादीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिसकेको छ। त्यस्तै, माओवादीले अगुवा कार्यकर्ताको भेला पनि बोलाएको छ।
एमालेमा पनि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ।











-1790853075.png)