Kathmandu Press

उपचाररत जोशीलाई भेट्न नर्भिक पुगे देउवा

काठमाडौं, फागुन २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न बुधबार नर्भिक अस्पताल पुगेका छन्।पूर्वमन्त्रीसमेत रहेका जोशी फागुन...
उपचाररत जोशीलाई भेट्न नर्भिक पुगे देउवा
फाइल तस्बिर

काठमाडौं, फागुन २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न बुधबार नर्भिक अस्पताल पुगेका छन्।

पूर्वमन्त्रीसमेत रहेका जोशी फागुन १४ गते मष्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना भएका थिए। बीचमा केही सुधार आए पनि जोशीको स्वास्थ्य अवस्था थप बिग्रिएको खबर आएको थियो। 

सभापति देउवाले उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग जोशीको पछिल्लो स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएको बताइएको छ । स्वास्थ्यकर्मीले जोशी अझै कोमामै रहेको जानकारी गराएका छन्।

प्रकाशित मिति: १७:११ बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्