Kathmandu Press

धनगढीमा एमाले दुई खेमाका कार्यकर्ताबीच हात हालाहाल

बुटवल, फागुन २६ : कैलालीको धनगढीमा प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नाम र पार्टीको ब्यानरलाई लिएर नेकपा (एमाले) का दुई खेमाबीच विवाद हुँदा हात हालाहाल...
धनगढीमा एमाले दुई खेमाका कार्यकर्ताबीच हात हालाहाल

धनगढी, फागुन २६ : कैलालीको धनगढीमा प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नाम र पार्टीको ब्यानरलाई लिएर नेकपा (एमाले) का दुई खेमाबीच विवाद हुँदा हात हालाहाल भएको छ।

नेकपा एमालेको प्रदेश कार्यालय रहेको भवनमा बुधबार दिउँसो ब्यानर टाँस्ने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच हात हालाहाल भएको हो।

नेपाल पक्षीय कार्यकर्ताले बिहान ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कार्यालय’ लेखेको ब्यानर टाँसेका थिए।

दिउँसो दिउँसो ओली पक्षीय कार्यकर्ताले नेपाल समूहले राखेको ब्यानर हटाएर आफूले छापेको ब्यानर टाँसे ।

त्यस्तै प्रदेश इन्चार्जको कार्यकक्षमा नेपाल पक्षले राखेकाे भीम रावल लेखिएको नेमप्लेट हटाएर ओली पक्षले लेखराज भट्टको नेमप्लेट राख्याे। 

यही विषयलाई लिएर धनगढीमा तनाव सिर्जना भएको नेकपा एमालेका एक नेताले बताए।

प्रकाशित मिति: १७:०० बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्