अन्य दलसँग छलफल गर्न लुम्बिनीमा कांग्रेसको कार्यदल
बुटवल, फागुन २६ : लुम्बिनी प्रदेशसभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अन्य दलसँगको छलफल र परामर्शका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ।सर्वोच्च अदालतले...
बुटवल, फागुन २६ : लुम्बिनी प्रदेशसभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अन्य दलसँगको छलफल र परामर्शका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ।
सर्वोच्च अदालतले शनिबार गरेको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितिलाई मध्यनजर गरी उक्त कार्यदल गठन गरिएको हो।
कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाद्वारा गठित कार्यदलमा कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान, वीरबहादुर राना र रमा अर्याल छन्।
सत्तारुढ दल नेकपा एमालेका नेता एवं मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा अल्पमतमा पर्नेछ।
त्यहाँ ८७ सिटमध्ये नेकपा एमाले ४१ र माओवादी केन्द्र २० सांसद गरी ६१ सांसदसहित दुई दलको गठबन्धनमा सरकार बनाइएको छ। उक्त प्रदेशमा बहुमतीय सरका गठनका लागि ४४ सिटको आवश्यता पर्छ।
अहिलेको सरकार टिकाउन नेकपा एमालेलाई थप तीन सांसद चाहिन्छ।
लुम्बिनी प्रदेश सभामा कांग्रेसका १९, जनता समाजवादी पार्टी (जसपा) का ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिनेबित्तिकै राष्ट्रिय जनमोर्चाबाहेक बाँकी अर्को दलको समर्थन लिए नेकपा एमालेको नेतृत्वमा सरकार बन्छ।
एमालेलाई छाडेर सरकार बनाउने हो भने माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको गठबन्धन आवश्यक पर्छ।











-1790853075.png)