‘असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ’
काठमाडौं, फागुन २६ : नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन्।प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका...
काठमाडौं, फागुन २६ : नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट पारे।
उनले जनता समाजवादी पार्टी (जसपा) मागबारे छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिए।
सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पहिलेकै अवस्था कायम भएको थियो।
प्रकाशित मिति: १५:३६ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)