Kathmandu Press

माग पूरा भए मात्रै सत्ताबारे सोचिन्छ : महतो

काठमाडौं, फागुन २६ : जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भए मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका...
माग पूरा भए मात्रै सत्ताबारे सोचिन्छ : महतो
फाइल तस्बिर

काठमाडौं, फागुन २६ : जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भए मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने सर्तसहित सुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने स्पष्ट पारे।

सत्तारुढ नेकपा (एमाले) र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उहाँले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताए।

जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।

प्रकाशित मिति: १५:३० बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्