Kathmandu Press

जसपाका नेताहरू पेरिसडाँडामा

काठमाडौं, फागुन २६ : फागुन ११ गते संसद पुनःस्थापनापछि एकाएक बदलिएको राजनीतिक परिस्थितिले अहिले फेरि कोल्टे फेरेको छ।फागुन २३ गते संसदको पहिलो बैठक...
जसपाका नेताहरू पेरिसडाँडामा

काठमाडौं, फागुन २६ : फागुन ११ गते संसद पुनःस्थापनापछि एकाएक बदलिएको राजनीतिक परिस्थितिले अहिले फेरि कोल्टे फेरेको छ।

फागुन २३ गते संसदको पहिलो बैठक बस्नुअगावै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण बदर गरी ती दुवै दललाई पूर्ववत् अवस्थामा पुर्याएपछि अबको सरकार कसरी गठन हुन्छ भन्ने चर्चाले महत्व पाएको छ।     

कुन दलले कस्तो रणनीति तय गरिरहेका छ र दलहरूका बीच भइरहेको भेटघाटले कस्तो निष्कर्ष निकालिरहेको छ भनी राजनीतिक वृत्तमा सबैकाे ध्यानाकृष्ट भइरहेका बेला नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच भेटवार्ता भएको छ।

भेटघाटका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय पुगेका छन्। 

सो भेटमा सरकार गठनका विषयमा छलफल भइरहेको जनाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मात्र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए।

 

प्रकाशित मिति: १५:२० बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्