महाशिवरात्रिमा बाबालाई कोरोना त्रास
अघिल्ला वर्षहरूमा ६ हजारबढी साधु–सन्त, नागाबाबा पशुपति परिसरमा आउने गरेका थिए भने यो पटक ३ हजार साधु–सन्त, नागाबाबा मात्र आउने अनुमान पशुपतिनाथ क्षेत्र विकास कोषको छ।काठमाडाैं, फागुन, २६ : यो वर्षको महाशिवरात्रि फागुन २७ गते बिहीबार परेको छ। यो पटक महाशिवरात्रिमा पशुततिनाथ मन्दिरमा विगत वर्षहरूजस्तै साधु–सन्त, नागाबाबा देखिने छैनन् ।
कोरोना प्रभावका कारण महाशिरात्रिमा बाबाको आगमनमा कमी आएको हो । अघिल्ला वर्षहरूमा ६ हजारबढी साधु–सन्त, नागाबाबा पशुपति परिसरमा आउने गरेका थिए भने यो पटक ३ हजार साधु–सन्त, नागाबाबा मात्र आउने अनुमान पशुपतिनाथ क्षेत्र विकास कोषको छ।
पशुपतिनाथ क्षेत्र विकास कोषका कार्यकारी निर्देशक खतिवडाले यो पटक मन्दिरको कोर क्षेत्रमा बस्ने नागा बाबाको संख्या समेत घट्न बताए । साधुसन्तु नै महाशिवरात्रिको दिन नागा बाबा बनेर बस्ने हुनाले साधुसन्त कम आएकाले नागा बाबा घट्ने बताए।
हंशमण्डप, वनकाली र तीलगंगाको क्षेत्रमा साधुसन्तलाई आवासको व्यवस्था गरिएको उनले बताए । महाशिवरात्रिमा पशुपतिनाथमा भारत र नेपालका विभिन्न ठाउँबाट साधु सन्तु आउने गर्छन्।