माउण्टेन ट्रेल रेसको उपाधि सुमन र अनितालाई
काठमाडौं, फागुन २६ : लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि सुमन कुलुरुङ र अनित राईले जितोका छन् । सेना दिवसका सिन्धुपाल्चोकको बाह्रबिसे–५ स्थित बसेरीमा...
काठमाडौं, फागुन २६ : लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि सुमन कुलुरुङ र अनित राईले जितोका छन् । सेना दिवसका सिन्धुपाल्चोकको बाह्रबिसे–५ स्थित बसेरीमा भएको लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेसमा सुमनले पुरुष र अनिताले महिलातर्फको उपाधि जितेका छन् ।
सोलुखुम्बुका सुमनले निर्धारित दुरी २ घण्टा १ मिनेटमा पुरा गरे । यस्तै, पर्वतका अनिसा थापामगर २ घण्टा ४ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो भए भने रामेछापका वेदबहादुर गुरुङ तेस्रो भए। उनले निर्धारित दुरी २ घण्टा ७ मिनेटमा पुरा गरे । विजेताले क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैयाँ प्राप्त गरे।
यस्तै महिलातर्फ उपाधि जितेकी भोजपुरकी अनिताले निर्धारित दुरी २ घण्टा ४२ मिनेटमा पुरा गरिन् । २ घण्टा ४७ मिनेटमा निर्धारित दुरी पार गरेकी प्युठानकी हुमी बुढामगर दोस्रो भइन् भने २ घण्टा ५५ मिनेटमा दुरी पार गर्दै गुल्मीकी गीता विक तेस्रो भइन् ।
पहिलो भएकी अनिताले ६० हजार रुपैयाँ प्राप्त गरिन् भने दोस्रो भएकी हुमीले ३० हजार र गीताले २० हजार रुपैयाँ प्राप्त गरिन्।
यसैगरी सिन्धुपाल्चोकबासीतर्फ भोटेकोशीका कृष्णबहादुर पौडेलले निर्धारित दुरी २ घण्टा २१ मिनेटमा पुरा गदैै प्रथम भए भने २ घण्टा २६ मिनेटमा दुरी पार गरेका मेलम्चीका श्याम तामाङ दोस्रो भए । निर्धारित दुरी २ घण्टा २७ मिनेटा पार गर्दै सुनकोसीका सहदेव खत्री तेस्रो भए । उनीहरुले क्रमशः २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरे।
फागुन २४ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थित बसेरीबाट सुरु भएको ट्रेल रेस बसेरी, नयाँपुल, वाङ्गलाङ्ग, भालढुङ्ग, लिस्तीकोट, गुम्बा, सिल्दुम धारापानी, गोदाम हुँदै भोटेकोशी नगरपालिका–३ दुगुनागढीमा आएर सकिएको थियो । ट्र्ल रेसको दुरी २१ दशमलव २५० मिटर थियो।
ट्रेल रेसमा २१६ जना पुरुष, २५ जना महिला तथा २ जना विदेशी नागरिक गरी जम्मा २४३ जना सहभागी थिए ।











