Kathmandu Press

माओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन

काठमाडौं, फागुन २६ : नेकपा माओवादी केन्द्रको बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संगठन निर्माणलाई कसरी चुस्तदुरुस्त बनाउन सकिन्छ भन्नेबारे अध्ययनका लागि चार सदस्यीय...
माओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन

काठमाडौं, फागुन २६ : नेकपा माओवादी केन्द्रको बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संगठन निर्माणलाई कसरी चुस्तदुरुस्त बनाउन सकिन्छ भन्नेबारे अध्ययनका लागि चार सदस्यीय कार्यदल बनाएको छ।

उक्त कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेका छन्। अहिलेसम्मको राजनीतिका परिस्थितिको विश्लेषण गर्न तथा आगामी रणनीति बनाउन स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग मंगलबार भएको वार्ताबारे बैठकमा ब्रिफिङ गरेका थिए। ती दलहरूसँगको छलफल बुधबार पनि हुने जनाइएको छ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा कुनै निर्णय नभएको पनि जनाइएको छ। 

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्